५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

पाँचथर । नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो ।

नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका–१ मेवाखोला नजिकको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङ चार साथीसहित चिवाभञ्ज्याङ घुम्न आएका थिए ।

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।