• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

‘संसद्मा प्रधानमन्त्री हराएको सूचना’



काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले संसद्मा प्रधानमन्त्री हराएको सूचना सुनाउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपछि सांसद पन्तले व्यङ्ग्य गर्दै प्रधानमन्त्री हराएको सूचना सुनाउनुभएको हो ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसद्मा प्रधानमन्त्री हराएको सूचना पढ्नुभएको थियो ।

सूचना यस्तो छ–
नागरिकताको नाम– श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम– प्रचण्ड
स्थायी ठेगाना– फेरिराख्ने
अस्थायी ठेगाना– कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया– पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसद्मा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।