२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: साविक विजेता र उपविजेताबीच भिडन्त



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन् । पहिलो खेल पहिलो खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको दोस्रो खेल साविक विजेता गुजरात टाइटन्स (जीटी) र साविक उपविजेता राजस्थान रोयल्स (आरआर)बीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ । यी दुवै टोली गत वर्षको फाइनलमा पुगेका थिए । यसै मैदानमा भएको फाइनल खेलमा गुजरातले राजस्थानलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको गुजरातले १८.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटाउँदै पहिलो सिजनमै उपाधि जितेको थियो । खेलमा गुजरातका कप्तान हार्दिक पाण्ड्या म्यान अफ द म्याच घोषित भएका थिए ।

यो सिजन राजस्थानको पाँचौं खेल हुनेछ। उसले पछिल्ला चार खेलमा तीन जित र एकमा हार बेहोरेको छ । राजस्थानले पहिलो खेलमा हैदरावादलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो । त्यसपछि दिल्ली र चेन्नईलाई हरायो । उसले पञ्जाबसँग मात्रै हार बेहोरेको छ ।

गुजरातविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा जोस बटलर, शिमरोन हेटमायर, जेसन होल्डर र एडम जाम्पा हुन सक्छन् । यी बाहेक सञ्जु सामसन, युजवेन्द्र चहल, यशस्वी जैसवाल र देवदत्त पडिक्कल जस्ता खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

जारी सिजनमा गुजरातको पनि आज पाँचौं खेल पनि रहेको छ । उसले पछिल्ला चार खेलमा तीन जित र एक हार बेहोरेको छ । यस सिजनको पहिलो खेलमा गुजरातले चेन्नईलाई हराएको थियो । त्यसपछि उसले दिल्ली र पञ्जाबलाई पराजित गर्यो । गुजरात कोलकातासँग पराजित भयो ।

राजस्थानविरुद्धको टोलीका ४ विदेशी खेलाडीमा डेभिड मिलर, राशिद खान, जेसुवा लिटिल र अल्जारी जोसेफ हुन सक्छन् । यी बाहेक हार्दिक पाण्ड्या, शुभमन गिल र राहुल तेवाटिया जस्ता स्टार खेलाडीले टोलीलाई बलियो बनाएका छन् ।

गुजरात टाइटन्सको यो लिगमा दोस्रो सिजन मात्र हो । पहिलो सिजनमै टिमले सबैलाई चकित पारेर च्याम्पियन बनेको थियो । दुवै टोली ३ पटक आमनेसामने भएका छन् । गुजरातले राजस्थानविरुद्ध तीनवटै खेल जितेको छ ।

नरेन्द्र मोदी स्टेडियमको पिच ब्याटरका लागि सहयोगी साबित हुन सक्छ । यहाँ द्रुत आउटफिल्ड भएका कारण रन बनाउन सजिलो छ । यद्यपि सुरुमा बलरले पनि केही फाइदा लिन सक्छन् । खेल अघि बढ्दै जाँदा स्पिनरहरूले थोरै मद्दत पाउन थाल्छन् । यस स्टेडियममा, टोलीहरू टस जितेर ब्याटिङ गर्न चाहन्छन्, किनभने पछि बलरहरूले केही मद्दत पाउन थाल्छन् । आज अहमदाबादको मौसम निकै तातो हुने भएको छ । अहमदाबादमा आइतबारको तापक्रम २६ देखि ४० डिग्री सेल्सियसको बीचमा रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती–११
राजस्थान रोयल्सः सञ्जु सामसन (कप्तान / विकेटकीपर), जोस बटलर, यशस्वी जैसवाल, देवदत्त पडिक्कल, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, जेसन होल्डर, युजवेन्द्र चहल, कुलदीप सेन र सन्दीप शर्मा ।

गुजरात टाइटन्सः हार्दिक पाण्ड्या (कप्तान), शुभमन गिल, ऋद्धिमान साहा (विकेटकिपर), साई सुदर्शन, विजय शंकर, राहुल तेवाटिया, डेभिड मिलर, राशिद खान, मोहम्मद शमी, जेशुआ लिटिल र अल्जारी जोसेफ ।