१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ साहित्यकार डा.ताना शर्माको निधन



अ+ अ-

 काठमाडौं Iवरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा (ताना शर्मा)को निधन भएको छ । आज विहान ८: ३० बजे घरमै निधन  भएको इलाम विकास समाज, काठमाडौं का अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो । उहाँको आजै दिउसो अन्तिम  संस्कार हुने लेकालीले जानकारी दिनुभयो । डिमेन्सिया रोग बाट पीडित हुनु भएका शर्माको वि. स. १९९१ असार ९ गते बरबोटे, इलाममा जन्म भएको थियो ।

उहाँले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ । मौलिक कृति, अनुवाद र सम्पादन गरेर दुईसय कृति लेख्नु भएका शर्माले मदन पुरस्कार,साझा पुरस्कार, रत्नश्री,महेन्द्र विद्याभूषणलगायतका अनेकौं सम्मान र पुरस्कार पाउनु भएको छ । उनको पहिलो रचना २००८ सालमा साथी साप्ताहिकमा प्रकाशित रहेको थियो । इलाम, फिक्कल, बरबोटे घर भई हाल सरस्वतीनगर, चावहिल बस्दै आउनु भएको थियो ।