३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ साहित्यकार डा.ताना शर्माको निधन



अ+ अ-

 काठमाडौं Iवरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा (ताना शर्मा)को निधन भएको छ । आज विहान ८: ३० बजे घरमै निधन  भएको इलाम विकास समाज, काठमाडौं का अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो । उहाँको आजै दिउसो अन्तिम  संस्कार हुने लेकालीले जानकारी दिनुभयो । डिमेन्सिया रोग बाट पीडित हुनु भएका शर्माको वि. स. १९९१ असार ९ गते बरबोटे, इलाममा जन्म भएको थियो ।

उहाँले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ । मौलिक कृति, अनुवाद र सम्पादन गरेर दुईसय कृति लेख्नु भएका शर्माले मदन पुरस्कार,साझा पुरस्कार, रत्नश्री,महेन्द्र विद्याभूषणलगायतका अनेकौं सम्मान र पुरस्कार पाउनु भएको छ । उनको पहिलो रचना २००८ सालमा साथी साप्ताहिकमा प्रकाशित रहेको थियो । इलाम, फिक्कल, बरबोटे घर भई हाल सरस्वतीनगर, चावहिल बस्दै आउनु भएको थियो ।