२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकुन्द न्यौपानेको फरक मत पार्टीमा छलफल गर्न लायक छैन: एसका प्रवक्ता खतिवडा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले नेता मुकुन्द न्यौपानेको फरक मत पार्टीमा छलफल गर्न लायक नभएको बताएका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उनले पार्टीमा छाडेर गएका नेता न्यौपानेको प्रस्ताव पार्टीविपरीत भएको बताएका हुन् ।

उनले भने, ‘उहाँले पार्टी छाडेपछि हाम्रो अभिलेखबाट नाम हटाउने निर्णय गरेका छौँ। उहाँको आरोप खण्डन गर्न लायक पनि छैनन्। त्यसैले हामीले त्यतातिर धेरै गएनौँ । उहाँको प्रस्ताव गलत थियो। पार्टीको नीति र भावनाको विरुद्धमा थियो। हामीले पार्टी जुन कारणले स्थापना गरेका थियौँ त्यसको बर्खिलापमा थियो। त्यस कारण त्यो प्रस्ताव छलफल गर्न लायक नै थिएनन्।’

नेता न्यौपानेले गरेको प्रस्तावलाई पार्टीमा एक जनाले पनि समर्थन नगरेको उनले बताए।