२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकुन्द न्यौपानेको फरक मत पार्टीमा छलफल गर्न लायक छैन: एसका प्रवक्ता खतिवडा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले नेता मुकुन्द न्यौपानेको फरक मत पार्टीमा छलफल गर्न लायक नभएको बताएका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उनले पार्टीमा छाडेर गएका नेता न्यौपानेको प्रस्ताव पार्टीविपरीत भएको बताएका हुन् ।

उनले भने, ‘उहाँले पार्टी छाडेपछि हाम्रो अभिलेखबाट नाम हटाउने निर्णय गरेका छौँ। उहाँको आरोप खण्डन गर्न लायक पनि छैनन्। त्यसैले हामीले त्यतातिर धेरै गएनौँ । उहाँको प्रस्ताव गलत थियो। पार्टीको नीति र भावनाको विरुद्धमा थियो। हामीले पार्टी जुन कारणले स्थापना गरेका थियौँ त्यसको बर्खिलापमा थियो। त्यस कारण त्यो प्रस्ताव छलफल गर्न लायक नै थिएनन्।’

नेता न्यौपानेले गरेको प्रस्तावलाई पार्टीमा एक जनाले पनि समर्थन नगरेको उनले बताए।