५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवकास पछिको अनूभूति: महेश बिक्रम शाह



अ+ अ-

प्रहरी नायव महानिरीक्षकको तीस वर्षे सेवाअवधि पूरा भएपछि अवकास पाएको केही समयपछि मलाई आफूसँग काम गर्ने व्यक्तिहरूलाई सम्पर्क गरि आफू शक्तिमा हुँदा र नहुँदा उनीहरूको व्यवहारमा कुनै परिवर्तन देखिन्छ कि देखिदैन जान्न मन लाग्यो । मैले मेरो पहिलेको ड्राइभरलाई फोन गरें । त्यो ड्राइभरको वृत्ति विकासका लागि मैले धेरै काम गरिदिएको थिएँ । रिङ्गटोन बजिरह्यो तर उसले फोन उठाएन । दुई तीनपटक फोन गर्दा पनि फोन उठेन ।

त्यसपछि मैले मेरो गार्डलाई फोन गरें । गार्डलाई म धेरै माया गर्थें र उसलाई धेरै अवसर दिलाएको पनि थिएँ । उसले पनि पहिलोपटक फोन उठाएन । दोस्रोपटक फोन उठायो र भन्यो " सर म त विजी छु। त्यसपछि उसले फोन काट्यो । मैले आफ्नो पिए बसिसकेको प्रहरी अधिकृतलाई फोन गरें । …आधा रिङ्ग बज्यो र त्यसपछि आवाज आयो "…. तपाईंले सम्पर्क गर्न खोज्नु भएको नंबर व्यस्त छ ।" मतलब उसले मलाई ब्लक गरिसकेको थियो ।

मैले एक व्यक्तिलाई फोन गरें । म शक्तिमा छँदा उ मलाई पटकपटक फोन गर्थ्यो र स्टार होटेलमा कहिले लन्च त कहिले डिनरका लागि अनुरोधमात्र होइन, अनुनय विनय गर्थ्यो । उसले फोन उठायो र हाँस्दै भन्यो " सर, घरमै बसी बसाउ होला होइन त !! म काममा छु सर । एकछिन पछि आफै कल गर्छु ।" म चुप लागें । उसले सोच्यो मैले फोन राखिसकें । उसको पछाडिबाट आवाज आयो "को हो ?" उसले भन्यो " रिटायर्ड डिआइजी हो यार । अब यसको के काम छ स्साला ….!"

म सत्ता र शक्तिमा हुँदा प्राय:ले भन्ने गर्थे " यो साहित्य वाहित्यमा के राखेको छ र !! यत्रो पदमा पुगेको मान्छे !" मलाई थाहा थियो यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्मम छ र क्षणिक छ । त्यसैले मैले सधैं आफ्नो पेशालाई आफ्नो कर्तव्य र साहित्यलाई आफ्नो सपना र साधना सम्झेँ ।

– शाहको फेसबुकबाट