• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह ★   गिरिबन्धु टि स्टेटबारे ओलीलाई देउवाको प्रश्न: आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति ? ★   हैदरावादलाई प्ले अफमा पुग्न इलिमिनेट टोली गुजरातको चुनौती ★   ओलीलाई शेखरको जवाफ: कुनै राजनीतिक दलको धम्कीले काँग्रेस डराउँदैन ★   संसद् बैठक अघि सभामुखले प्रमुख सचेतकसँग छलफल गर्ने ★   सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   सदनमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन ★   नेपाली मूलका भारतीय फुटबलर सुनील क्षेत्रीद्वारा सन्यासको घोषणा ★   पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन ★   कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि–स्टेटको जग्गाको अवस्था ?– तस्बिरहरु

उत्तर कोरियाद्वारा बेग्लै किसिमको क्षेप्यास्त्र प्रक्षेपण



एजेन्सी । उत्तर कोरियाले विगतमा प्रक्षेपण गरिएको भन्दा भिन्न प्रकारको व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । आज बिहानै प्रक्षेपण गरिएको क्षेप्यास्त्र ठोस इन्धनबाट सञ्चालन गरिने हतियार भएको अनुमान दक्षिण कोरियाली सुरक्षा अधिकारीले गरेका छन् । प्योङयाङले प्रतिबन्धित हतियार कार्यक्रमलाई निरन्तरता दिँदै त्यसलाई सफल तुल्याएको हुनसक्ने बताएको छ ।

विगतमा तरल इन्धनबाट सञ्चालन हुने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गर्र्दै आएको प्योङयाङले आज जमिन वा पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ठोस इन्धनबाट चल्ने इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल ९आइसिबिएम० प्रक्षेपण गरेको बताइएको छ । उत्तर कोरियाली नेता किम जोङ अनले केही दिनअघि युद्धस्तरमा हतियार विकास गर्न र आफ्नो क्षमता बढाउन सेनाका उच्च अधिकारीलाई निर्देशन दिनुभएको थियो । नेता किमको इच्छाअनुसार आजको नयाँ परीक्षण भएको ठानिएको छ ।

दक्षिण कोरियाका उच्च सैन्य अधिकारीले पनि ठोस इन्धनबाट सञ्चालन हुने क्षेप्यास्त्र उत्तरले आज प्रक्षेपण भएको हुनसक्ने बताएका छन् । ठोस इन्धनबाट चल्ने क्षेप्यास्त्र भण्डारण तथा ढुवानी गर्न सहज हुनका साथै प्रक्षेपणको तयारी चाँडै गर्न सकिन्छ ।

यसैबीच, प्योङयाङको उक्त परीक्षणबाट जापानको उत्तरी होक्काइडोमा त्रासको वातावरण छाएको थियो । आज बिहानै जापानले छोटो सूचना जारी गरेर सतर्क रहन चेतावनी दिएको थियो । सूचना जारी गरेको केही बेरपछि क्षेप्यास्त्र आफ्नो क्षेत्रभित्र नपरेको र त्यहाँका बासिन्दालाई कुनै जोखिम नरहेको बताएको थियो ।

अमेरिकाले उत्तरकोरियाले प्रतिबन्धित क्षेप्यास्त्र परीक्षणको आरोप लगाउँदै त्यसको कडा शब्दमा निन्दा गरेको छ । कोरियाली प्रायद्वीपमा तनाव बढाउने मुख्य दोष अमेरिकामाथि लगाउँदै चीनले हालै भएको अमेरिकी र कोरियाली सेनाको संयुक्त अभ्यास हो भनेको छ । साथै बेइजिङले सबै पक्षलाई शान्त एवम् संयमित हुन आह्वान गरेको छ ।