१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी टेबुल हुँदै, प्रधानमन्त्रीद्वारा भोलि संसद्को बैठक सुचारु गर्न सभामुखलाई फोन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी भोलि बस्ने प्रतिनिधिसभाको बैठकलाई सुचारु गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि बोलाइएको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकको बीचमै प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गरी बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको थियो । बुधबार बोलाइएको संसद्को बैठक बस्ने वा नबस्ने टुङ्गो नभएपछि प्रधानमन्त्री देउवाले टेलिफोन गरी त्यस्तो आग्रह गर्नुभएको हो ।

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने सम्भवाना रहेको बताइएको छ । संसदीय दलको बैठकमा अधिकांश सांसदहरु अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको बताइएको छ । उनीहरुले संसद्बाट एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका थिए ।