१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी टेबुल हुँदै, प्रधानमन्त्रीद्वारा भोलि संसद्को बैठक सुचारु गर्न सभामुखलाई फोन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी भोलि बस्ने प्रतिनिधिसभाको बैठकलाई सुचारु गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि बोलाइएको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकको बीचमै प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गरी बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको थियो । बुधबार बोलाइएको संसद्को बैठक बस्ने वा नबस्ने टुङ्गो नभएपछि प्रधानमन्त्री देउवाले टेलिफोन गरी त्यस्तो आग्रह गर्नुभएको हो ।

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने सम्भवाना रहेको बताइएको छ । संसदीय दलको बैठकमा अधिकांश सांसदहरु अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको बताइएको छ । उनीहरुले संसद्बाट एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका थिए ।