२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अङ्कमा सीमित भएको छ ।

आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर रु एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ दशमलव ७७ मा कारोबार भएका छन् ।

कारोबारमा भएका कम्पनीमध्ये आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै गुमाउने शीर्ष कम्पनीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, धौलागिरि लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र सिर्जनशिल लघुवित्त वित्तीय संस्था छन् ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एशिया बैंक, नबिल बैंक र शिव श्री हाइड्रोपावर कम्पनी शीर्ष पाँचभित्र परेका छन् ।