• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

तनहुँ १ मा स्वर्णिम वाग्लेलाई गोविन्दराज जोशीको समर्थन !



काठमाडौँ । तनहुँ १ मा बैशाख १० मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएका छन् । यसअघि कांग्रेससँग सहमतिको प्रयास भएपनि आफ्ना अडानलाई कांग्रेसले सम्बोधन नगर्ने भएपछि जोशीले स्वर्णिमलाई सघाउने भएका हुन् । रास्वपासँग आज भएको वार्तामा जोशीले प्रतिव

वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार वाग्ले, रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए । जोशीको तर्फबाट उनीसहित छोरा दीपकराज जोशी थिए ।

जोशीको तर्फबाट स्वर्णिमलाई निसर्त समर्थन गर्ने प्रतिबद्धता आएको बैठकमा सहभागी एक नेता बताउँछन् ।

कांग्रेससँग संवाद टुंगिसकेको अवस्थामा जोशी समूहले रास्वपा उम्मेदवारलाई समर्थन गर्न तयार भएको उनको भनाई छ ।