• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत ★   नागरिकलाई आत्मविश्वास जगाउने बजेट ★   आर्थिक वृद्धिदर छ प्रतिशत ★   बढेन कर्मचारीको तलब ★   निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकरण हुनुपर्ने ★   यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

सिंहदरबारको फोहोर नउठाउनु अराजकता हो– शेखर कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु काठमाडौँ महानगरपालिकाको अराजकता हो भन्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले जिम्मेबार निकायको यस्तो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताउनुभएको छ ।

नेता कोइरालाले सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो भन्नुभएको छ । उहाँले दुबैले सच्चिनुपर्ने बताउनुभयो ।

यसअघि कामपाका प्रमुख बालेन साहले आजै फेसबुकमार्फत सरकारलाई काठमाडौँको हितमा काम नगर्ने हो भने सिंहदरबार अरु पालिकामा सार्न सुझाव दिनुभएको थियो ।

सरकारले सहयोग नगरेको गुनासो गर्दै आउनुभएका प्रमुख साहले कि काठमाडौँको हितमा काम गर्न नभए सिहदरबार र राजधानी सार्न सुझाव दिनुभएको थियो ।