३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा खराब लयमा गुज्रिरहेका सूर्यकुमार यादव टी–२० वरियतामा शीर्षस्थानमा यथावत



अ+ अ-

एजेन्सी । पछिल्ला केही इनिङ्समा खराब प्रदर्शनका बाबजुद पनि भारतीय ब्याट्सम्यान सूर्यकुमार यादव बुधबार जारी आईसीसी टी–२० ब्याटिङ वरियतामा शीर्ष स्थानमा रहे । सूर्यकुमारको ९०६ अंक छ ।

उनी पछि क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पाकिस्तानका मोहम्मद रिजवान (८११ अंक), बाबर आजम (७५५ अंक), दक्षिण अफ्रिकाका एडेन मार्कराम (७४८ अंक) र न्युजिल्यान्डका डेभोन कोनवे (७४५ अंक) छन् । विराट कोहलीको स्थानमा कुनै परिवर्तन भएको छैन । उनी १५ औं स्थानमा यथावत छन् । उनको ६१२ अंक छ ।

सूर्यकुमारले इन्डियन प्रिमियर लिग (आईपीएलमा) अहिलेसम्म राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनी मुम्बई इन्डियन्सबाट तीन खेलमा १५, ०१, शून्य रन बनाएर आउट भएका थिए ।

बलिङतर्फ भने अफगानिस्तानका स्पिनर राशिद खान (७१०) शीर्ष स्थानमा छन् । शीर्ष १० बलिङ टी–२० वरियतामा कुनै पनि भारतीय बलर परेका छैनन् ।