• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन २ बजेबाट सुरु हुने



फाईल फोटो

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि पुन: निर्वाचन हुने भएको छ ।

बुधवार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेद्वारहरुले ५० प्रतिशत मत ल्याउन नसकेकाले पुन: निर्वाचन हुन लागेको हो । मतदानको लागि २ बजेदेखि ५ बजे सम्मका लागि समय तोकिएको छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच पुन: प्रतिष्पर्धा हुने भएको छ । रामचन्द्र संघई भने चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् पहिलो चरणको मतदानमा अञ्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्र ३०.४६ मत ल्याएको मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले बताउनु भयो ।

उहाँले महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएपनि चुनावी प्रतिष्र्पधामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नपुग्ने भएकाले पुन: दुई जना उम्मेद्वारीबीच निर्वाचन हुने बताउनु भयो । उहाँले महासंघको विधान अनुसार कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले पहिलो र दोस्रो हुनेबीच पुन: प्रतिष्पर्धा हुने बताउनु भयो ।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रिय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ । महासंघको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलबाट दुई र उमेशलाल श्रेष्ठ प्यानलबाट एक जना निर्वाचित भएका छन् । जिल्ला नगर र एसोसिएटमा संघाई समूहबाट उपाध्यक्ष निर्वाचित भएका छन् । जिल्ला नगरमा सुरकृष्ण वैद्य र एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना सुब्बा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।