१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान चार्टर गरेर नेपाल भ्रमणमा आए १८० चिनियाँ पर्यटक



फाइल फाेटाे
अ+ अ-

काठमाडौँ । करिब १८० चिनियाँ पर्यटक हिमालयन एयरलाइन्स विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका छन् ।

नेपालस्थित चिनियाँ राजदूतावासका अनुसार उनीहरु चिनियाँ भ्रमण समूहको पहिलो ब्याच हुन् । उनीहरुलाई नेपाली पक्षबाट न्यानो स्वागत गरिएको दूतावासले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको स्वागतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र चिनियाँ राजदूत चेन सांग उपस्थित हुनुहुन्थ्यो । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा आएका चिनियाँ पर्यटकहरुलाई उहाँहरुले खादा माला लगाएर स्वागत गर्नुभएको हो ।

साथै उनीहरुलाई नेपाली मौलिक पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो ।