२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल: पन्जाब र गुजरात खेल्दै



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज बिहिबारको खेलमा पन्जाब किंग्स र गुजरात टाईटन्सबीच प्रतिस्पर्धा हुँदैछ । पन्जाबको घरेलु मैदान बिन्द्रा स्टेडियम मोहालीमा हुने खेल नेपाली समय अनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ ।

पन्जाब र गुजरात दुवैले यस सिजनको चौथो खेल खेल्दैछन् । दुवै टोलीले तीन खेलमा समान दुई खेलमा जित हात पारेका छन् ।

पहिलो खेलमा गुजरातले चेन्नाई सुपर किंग्स र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो। यस्तै, तेस्रो खेलमा गुजरात कोलकत्ता नाईटराईडर्ससँग पराजित भएको थियो ।

उता, पन्जाबले पहिलो खेलमा कोलकत्ता नाईटराईडर्स र दोस्रोमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो । तेस्रो खेलमा भने सनराईजर्स हैदराबादसँग पराजित भएको थियो ।

गुजरात अंक तालिकाको चौथो स्थानमा रहेको छ भने पन्जाब अंक तालिकाको छैटौं स्थानमा छ । आजको खेलको विजेता अंक तालिकाको तेस्रो स्थानमा उक्लनेछ।

अस्वस्थताका कारण यस अघिका तीन खेल गुमाएका पन्जाबका अलराउन्डर लियम लिभिङ्गस्टोन मोहालीले आजको खेल खेल्ने सम्भावना रहेको छ ।

यस्तै, कोलकत्ताविरुद्धको खेलमा टिममा नरहेका गुजरातका कप्तान हार्दिक पान्ड्याले पनि आजको खेल खेल्ने सम्भावना रहेको छ ।

गुजरात र पन्जाबबीच हालसम्म २ खेल भएको छ । जसमा दुवै टोलीले एक एक खेल जितेका छन् ।