५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काश्मिरका सबै रेल स्टेशनमा निःशुल्क वाइफाइ सेवा



अ+ अ-

नयाँ दिल्ली । भारतको काश्मिर क्षेत्रका सबै रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको छ ।

राजधानी श्रीनगरमा रहेको स्टेशनसहित काश्मिर क्षेत्रका छ हजार २१ स्टेशनमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइएको भारतीय रेलवे मन्त्रालयले जनाएको छ । 
  
मन्त्रालयका अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार इन्टरनेट सेवाप्रदायक विभिन्न संस्थाहरुका इन्टरनेट सेवा ती स्टेशनहरुमा उपलब्ध गराइएको हो ।
 
रेलवे मन्त्री पियुष गोयलले ग्रामीण तथा शहरी क्षेत्रका जनतालाई जोड्न इन्टरनेटले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले रेल यात्रुहरुलाई रेल सेवा सुविधाजनक बनाउन पनि सहयोग पुग्ने उल्लेख गर्नुभयो । (रासस-एएनआई)