२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 3.09

Humidity: 47

तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य महासंघ निर्वाचन: ज्योत्सना, हेमराज,सुरकृष्ण उपाध्यक्षमा बिजयी



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको तीन ओटै उपाध्यक्षको परिणाम सार्बजनिक भएको छ ।

एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठ एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई समुहबाट उम्मेदबार बन्नुभएको थियो । यसै गरी जिल्ला नगर उपाध्यक्षमा संघाइ समुहका सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समुहका हेमराज ढकाल विजयी हुनुभएको छ ।

अब बरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी रहेको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा रहनु भएको छ ।