काठमाडौं । पूर्वप्रधानन्यायधीश कल्याण श्रेष्ठले संघीयताका बारेमा पुन: बिचार गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री कार्यालय र नेपाल कानून समाजले आयोजना गरेको संघ, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले भन्नुभयो– अब ढिला नगरौँ, संघीयताबारे पुनर्विचार गरौँ ।
उहाँले भन्नुभयो– संघीयता निकै जटिल अबस्थामा छ । सात आठ वर्ष बित्यो कुनै उल्लेख्य परिणाम देखिएनन्, यो संविधानमा संघीयता नबुझी घुसाईएको जस्तो भयो, तर अब भने पुनर्विचार गर्नुपर्छ ।
पूर्वप्रधानन्यायधीश श्रेष्ठले यो मुलुकलाई संघीयताले न्याय गरे जस्तो लाग्दैन भन्नुभयो । राजनीतिज्ञहरु पनि प्रदेशमा गए संघीयता र संघमा आए संघको पक्षमा वकालत गर्ने गरेको आफूले पाएको उहाँको भनाइ थियो ।
पूर्वप्रधानन्यायाधीश श्रैष्ठले अगाडि भन्नुभयो– यो दोहोरो चरित्रको अर्थ छैन । यो समस्या मात्र हुदै गयो । बिना अध्यायन संघीयता कार्यन्वयनमा आएको छ, नबुझी नबुझी ऐन र योजना बनाउने काम भएको छ । त्यसैले यो समस्या झन् बढ्दै गयो ।
उहाँले भन्नुभयो संघियताका बारेमा राजनीतिकस्तरमा संरचनागत समस्या छ । यथास्थितीमा संघीयताले खोजेको परिणाम दिन सक्दैन । संघीयताको पुनरावलाकन आवश्यक छ ।