• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

ढाकाकुमारको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने रास्वपाको निर्णय



काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको स्थानमा कंसाकारलाई सांसद बनाउने भएको हो ।

पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन । समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउनेछ ।