५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसले युक्रेनमा यस हप्ताको सुरुमै कारबाही गर्न सक्छ– ब्लिन्केन



अ+ अ-

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिेन्केनले सोमबार रुसले यसै साताको सुरुमा युक्रेनविरुद्ध कारवाही गर्नसक्ने बताएका छन् । फ्रान्स २४ सँगको अन्तरवार्तामा उनले युक्रेनविरुद्ध हुने कारवाहीप्रति अमेरिका चिन्तित रहेको बताए । 

पेन्टागनले सप्ताहन्तमा रुसले युक्रेन वरिपरि सेनाको सङ्ख्या बढाएको बताएको छ । उसले रुस–युक्रेन सीमा र बेलारुसमा रुसी सेनाको सङ्ख्या एक लाखभन्दा बढी रहेको अनुमान गरेको छ । 

ब्लिन्कनका अनुसार विश्व शक्ति राष्ट्रहरुले तनाव घटाउन बारम्बार आग्रह गरेको भए पनि मस्कोको सैन्य निर्माणले तनाव बढाउने सङ्केत गरेको छ ।

“हामीले देखिरहेका सबै कुरा, युक्रेनको वरिपरि रूसी सेनाको तैनाथीको सन्दर्भमा हामीलाई रुसले यसै साताको सुरुमा युक्रेनविरुद्ध कारवाही गर्ने निष्कर्षमा पुर्‍याउँछ”, ब्लिन्केनले भने ।

अमेरिकाले रुसलाई कूटनीतिक बाटो अपनाउनुपर्छ भनेर विश्वस्त गराउन सम्भव भएसम्म सबै गरिरहेको उनले बताए । यद्यपि उनले रुसले युक्रेनमा आक्रमण गर्ने निर्णय गरे त्यसका लागि वासिङ्टन तयार रहेको चेतावनी दिए । 

“हामी हाम्रा सबै युरोपेली सहयोगी र साझेदारहरूसँग नजिकको समन्वयमा यसका लागि पूर्णरूपमा तयार छौँ”, उनले भने ।