• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा

विदेशीहरुको हस्तक्षेप बढ्यो, नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थाले: अध्यक्ष केसी



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेका बताउनुभएको छ ।

बुधवार नयाँबानेश्वरस्थिति संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष केसीले नेपालमा विदेशी हस्ताक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको बताउनु भयो । उहाँले विदेशी नागरिकहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताउनु भयो । उहाँले स्थापित राजनीतिक पार्टीहरु बद्नाम हुँदै गइरहेका भन्दै पार्टीहरु बद्नाम हुनुमा पार्टीहरुकै कमजोरी रहेको औंल्याउनु भयो ।

उहाँले भन्नुभयो – ‘देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता अहिलेपनि संकटमा छ । विदेशीहरुको हस्तक्षेप खुलेआम बढेको छ । विदेशीहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन् । ५०/६० वर्षदेखि स्थापित पार्टीहरु बद्नाम भएर गएका छन् । बद्नाम हुनुको पछाडी जनताको कमजोरी होइन, उनैका कमजोरीका कारणले जनतामा उनीहरु नाङ्गिएका छन् । त्यसको बदला नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, नेपालको नागरिकता नै नभएको मान्छेलाई गृहमन्त्री बनाउने काम सरकारले पनि गरेको छ । र निर्वाचन आयोगले पनि गरेको छ । त्यो राम्रो कुरा होइन । नेपालको ऐन, कानूनलाई ठाडै उल्लंघन भएको छ ।’

अध्यक्ष केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न गर्नुभयो । उहाँले संसदीय व्यवस्थामा संसदको ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भएपनि जालझेल र षड्यन्त्र गरेर तेस्रो पार्टीलाई प्रधानमन्त्री दिइएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा यस्तो हुन्न भनेर भन्न सकिन्न । सामान्य संसदीय प्रणालीको कुरा गर्ने हो भने त संसदभित्रको सबभन्दा ठुलो पार्टीले नेतृत्व गर्नुपर्ने हो । मान्दैनन् संसदीय व्यवस्था यिनीहरुले । संसदीय व्यवस्थाका भक्त देखाउँछन् । यदी ठुलो पार्टीले नसके त त्यसभन्दा तल्लो ७९ सिटवालाले गर्ने हो नि नेतृत्व त । अब यि ठूलाका लडाँई, षड्यन्त्र, जालझेल सबैले गर्दा प्रतिपक्ष हुने पार्टी सत्तामा भएको छ । उल्टो गंगा त यसै बगेको छ नि । त्यसो भएर नेपालको राजनीतिमा यही हुन्छ भनेर ठोकुवा गर्नै सकिन्न । जे पनि हुन्छ । त्यो सम्भावनालाई इन्कार गर्न सकिन्न । हल्ला त्यही आएको छ मैले पनि सुनेको छु ।’

उहाँले आगामी दिनमा काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने सम्भावनालाई इन्कार गर्न नसकिने बताउनु भयो ।