१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस्

माधव नेपाललाई योगेशको प्रश्न– होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

माधव नेपाललाई योगेशको प्रश्न– होसमा हुनुहुन्छ कि हुनुहुन्न ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको हो ।

उहाँले अध्यक्ष नेपालको बोलि शंकास्पद रहेको पनि बताउनु भयो । उहाँले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गर्नुभयो । सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद विघटन हुन लागेको छ खबरदार सबै सचेत हौँ भन्नुभएछ । मैले बुझेको माधव नेपाल कुनै नचाहिँदो चिज सेवन गर्नुहुन्न उहाँले । मध्यपान, धुम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई । तर आजको उहाँको बोलि हेर्दा अलि शंकास्पद छ क्या । उहाँले आफू दुरुस्त भएर त्यो बोलेको जस्तो लाग्दैन । जुन पार्टी प्रतिपक्षमा छ । त्यो पार्टीले कसरी संसद विघटन गर्छ ? उहाँले के भन्दै हिँड्नुभएको छ ? सपना देख्नुभएको छ कि ? विपनामा हुनुहुन्छ कि ? होस्मा हुनुहुन्छ कि ? हुनुहुन्न कि ? उहाँजत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको मान्छेले, प्रधानमन्त्री भइसकेको मान्छेले, यति अनुभवि राजनीतिज्ञले त्यस्तो बोलेको देख्दा यो एक, डेढ वर्षमा उहाँ धेरै बदलिनु भएछ ।’

उहाँले काँग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नसक्ने कुरा अभिव्यक्त गरेकोमा काँग्रेस ब्युँझिएको टिप्पणी गर्नुभयो । उहाँले काँग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भएपनि काँग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताउनु भयो । उहाँले अहिले काँग्रेस आफ्नो हैसियतमा नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउछौँ भनेर भन्नेकुरा काँग्रेस बल्ल ब्युझेछ । यो त काँग्रेसको अधिकार हो नि । काँग्रेसले त आफ्नो संवैधानिक अधिकार नै प्रयोग गर्न नसक्नेगरी काँग्रेस थला बसेको छ । काँग्रेस आफ्नो हैसियतमा छैन । बिपी, गणेशमान, किसुनजीहरुले बनाएको काँग्रेस छैन आज शेरबहादुरको पालामा । यो काँग्रेस त स्वाभिमान गुमेको, इच्छाशक्ति नभएको, र आज यत्रा तमाम समस्यामा रमिते बनेर बस्ने काँग्रेस हो यो । रमिते बनेको छ यो काँग्रेस । ऊसँग अधिकार थियो, ७६(३)को सरकार बनाउने, ७६(२) मा पनि उसको अग्रसरता हुनुपथ्र्यो नि पहिलो पार्टी हुनुका नाताले । कहाँ डुल्दैथ्यो काँग्रेस त्यतिबेला ?’

सचिव भट्टराईले देशमा तमाम समस्याहरु भएपनि नेपाली काँग्रेस रमिते बनेर बसिरहेको बताउनु भयो ।