२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा-जितगढी पदयात्रा सुरु



अ+ अ-

काठमाडौँ । नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा–जितगढी पदयात्रा सुरु गरेको छ । मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वद्र्धन र प्रवद्र्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

पश्चिम पृतनापति उपरथी दीपककुमार बाँनियाले शुभारम्भ गर्नुभएको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच वटा गण तथा गुल्मका झण्डा समेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका सबैभन्दा पहिलो खडा भएका गण तथा गुल्ममा श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गण हुन् । पदयात्रामा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोसाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी छन् ।

पदयात्रामा गोरखाबाट सहभागी फौजले तनहुँमा तैनाथ फौजलाई सतीघाटमा, तनहुँमा तैनाथ फौजले पाल्पामा तैनाथ फौजलाई केलादीघाटमा र पाल्पामा तैनाथ फौजले रुपन्देहीमा तैनाथ फौजलाई नुवाकोटगढीमा झण्डा हस्तान्तरण गर्नेछ ।

पदयात्रा गोरखा दरबारदेखि रुपन्देहीको जितगढीसम्म करिब २०७ किमि को दुरीमा आयोजना हुने सेनाले जनाएको छ । गोरखा नगरपालिका-६ स्थित गोरखा दरबारबाट सुरु भएको पदयात्रा बुटवलस्थित जितगढी पुगेर वैशाख ७ गते समापन हुनेछ । सोही दिन सेनाद्वारा मर्मत भइरहेको जितगढीको प्रतिमा बुटवल उप-महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।