• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

थप १२१ जनामा कोरोना पुष्टि, आज पनि एक संक्रमितको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोना संक्रमण पाईएको छ । आरटी पीसीआरबाट ५८ जना र एन्टीजेन परीक्षणबाट ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमणका कारण थप आज पनि थप एक जनाको मृत्यु भएको छ । यस्तै, ८१ संक्रमित निको भएका छन् ।

हिजो मंगलबार १०६ जना संक्रमित थपिँदा करिब ३ महिनापछि एक संक्रमितले कोरोनाका कारण ज्यान गुमाएका थिए । हाल देशभर ४४५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा २५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने ११ जनाको आइसीयुमा र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।