• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओली र देउवालाई जोड्न विनोद चौधरी किन छन् सक्रिय ? ★   रोहितले पनि लिए सन्यास ★   ‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’ ★   आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   पदाधिकारीमा सय र केन्द्रीय सदस्यमा ८ सयको आकांक्षा ! ★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य

पहिचानको आधार विस्तारै खस्कँदै गएपछि प्रदेश नामकरणको अर्थ नै के रहन्छ र?– कमल थापा



file photo

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पहिचानको आधार विस्तारै खस्कँदै गएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले किराँत वा लिम्बू पहिचानको आधार मुन्धुम, किराँत धर्म, संस्कृति र परम्परा हो भन्दै किराँती नेता र संस्थाहरुले खोजिरहेको पहिचानको आधार खस्किँदै गएको बताउनुभएको हो ।

कोशी प्रदेश नामकरणको विरोधमा केही किराँती नेता र संस्थाहरुले चलाइरहनुभएको आन्दोलनप्रति आफ्नो कुनै टिप्पणी नभएको र त्यो उहाँहरुको संविधान प्रदत्त अधिकार हो भन्दै अध्यक्ष थापाले उहाँहरुलाई पहिचानको आधार विस्तारै खस्किँदै गएकोबारे समेत जानकारी वा चेतना राखिदिन आग्रह गर्नुभयो ।

विगत केही वर्षयता भइरहेको योजनाबद्ध र संगठित धर्मपरिवर्तनको डढेलोको सबैभन्दा बढी नकारात्मक प्रभाव किराँत समुदायमा परेको उहाँको भनाइ छ।

उहाँका अनुसार २०६८ को जनगणनामा कुल जनसंख्याको ३ प्रतिशत रहेको नेपालको तेस्रो किराँत धार्मिक समुदाय पछिल्लो जनगणना अनुसार करिब १.५ प्रतिशतमा खुम्चेको र पाँचौँ स्थानमा झरेको अनुमान गरिएको छ। हिन्दू र बुद्धिष्टहरुको संख्या पनि निकै घटेको छ।

“यस्तो संवेदनशील विषयमा दल, संसद्, सरकार र धार्मिक सांस्कृतिक संस्थाहरुको गम्भीर ध्यान गएको देखिन्न। किराँत धर्म संस्कृति र किराँत/लिम्बुहरुको पहिचान नै सकिएपछि प्रदेशको नामकरणको अर्थ नै के रहन्छ र १ यसबरे ध्यान दिन सम्बद्ध सबैसँग आग्रह गर्दछु”, उहाँले भन्नुभएको छ ।