• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते ★   अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन ★   सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु ★   वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह ★   कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार रोहिताको मृत्यु

बखुन्डोलमा निर्माणाधिन समिट होटलको वैधानिकता खोजियोस्: तोसिमा कार्की



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले देशभर बनाईरहेका होटलहरु, भवनहरु र अपार्टमेन्टहरुको तत्काल बैधानिकता खोजी गर्न सरकारसँग माग गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ललितपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टको बैधानिकता नरहेको उल्लेख गर्दै सरकारले त्यस्ता बन्दै गरेका सबै अपार्टमेन्ट, भवन र होटलहरुको बैधानिकता खोजी गर्नुपर्ने बताउनु भएको हो ।

सांसद कार्कीले त्यसका लागि छानवीन गर्न संसदीय समिति बनाउन पनि माग गर्नु भयो । उहाँले समिट अपार्टमेन्ट निर्माणको क्रममा वरपर भाँसिएका घरहरुको उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद कार्कीले भन्नु भयो, ‘ललितपुरको बखुन्डोल हाईटमा १८ रोपनी जग्गामा १६ तले समिट अपार्टमेन्ट बनाईरहँदा विना नक्सा पास, विना इआईए, विना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण रुपमा क्षति भएका छन । भासिने, चर्कने क्रम जारी छ ।’

‘स्थानीयहरुले पटकपटक उजुरी दिएपनि काम नरोकिएको गुनासो गरेका छन । अघिल्लो संसद बैठकमा पनि कुरा उठ्यो । तर, बैधानिक प्रक्रिया अघि बढेको छैन । सभामुख महोदय, म आग्रह गर्न चाहन्छु–यसरी देशभर बनाईरहेका होटलहरु, भवनहरु, अपार्टमेन्टहरुको बैधानिकता खोजी गरियोस् । संसदीय समिति बनाई कन यसको छानवीन प्रक्रिया अघि बढाईयोस् । दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने व्यवस्था आजैबाट सुरु गरियोस् ।’

सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानवीनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दवाव दिनु भयो ।