६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्ण बुढाथोकीको ‘वनमा मैना छ’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपालमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाएका गायक कृष्ण बुढाथोकीका नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘वनमा मैना छ’ बोलको गीतको म्युजिक भिडियोमा चर्चित मोडलहरुले अभिनय गरेका छन् । 

रमरम मरौटि बोलको म्युजिक भिडियोमा अभिनय गरेका ओवि रायमाझी, मोडल लोसिना लामिछाने तथा यसु भट्टराईले भिडियोमा अभिनय गरेका छन् ।

यसअघि पनि थुप्रै म्युजिक भिडियो तथा गीतहरुमा स्वर भरेका कृष्ण बुढाथोकी विगत लामो समय देखी अमेरिकामा रहँदै आएका छन् । उनले यसअघि ‘जादु रैछ मायाको बोलीमा’, ‘संविधान आउँछ बरिलै’ लगायतका गीतहरुमा स्वर दिनुका साथै अभिनय पनि गरेका छन् ।

‘वनमा मैना छ’ बोलको गीतलाई उनले अमेरिकामै रकेर्ड गराएका हुन् भने सुटिङ नेपालमै भएको हो । बिग बजेटमा निर्माण गरिएको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने राजेश घिमिरिले खिचेका छन् दिपक विष्टले सम्पादन गरेका छन् । रमेश परियारको शब्द संगितमा तयार भएको गीतमा कृष्ण बुढाथोकीसँग सुनिता बुढा क्षेत्रीले स्वर भरेकी छिन् ।

अत्यन्तै मिठो अनि र्सिजनशिल शब्दहरु राखिएको गीतलाई युट्युबमा निकै रुचाइएको छ । रमेश परियार तिनै गीतकार हुन् जस्ले सालको पात उडायो बतासैले बोलको गीतमा लय तथा शब्द लेखेका थिए । यो गीत रमेश परियार युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।




भर्खरै