२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस कारण खस्कियो कांग्रेसको साख



अ+ अ-

२०४६ साल यताका सबै असन्तुष्ट काङ्ग्रेसलाई साथ लिएर कांग्रेसको हालको खस्कँदो साख जोगाउनलाई थोरै पनि सम्झौता गर्ने नसक्ने अहिलेको कांग्रेस नेतृत्व साच्चै नै दाजु,भाउजु, देवर , जेठाजु र उनको आसेपासेको मात्रै भएको प्रष्ट भएको छ।

नेपाली कांग्रेस आहिले बिपीको नेपाली काँग्रेस पार्टी नभएर व्यापारिक घरानाका नव सामन्तीहरुको पार्टी भएको छ। विगत ३३ बर्षमा जसले नेपाली कांग्रेस बनाउन आफ्नो जीवन समर्पण गरे उनीहरूलाई नै कांग्रेसले जालझेल गरेर पाखा लगाउने काम गर्‍याे।

अहिले चुनावको मुखमा आएर तनहुँ जिल्लामा जुन जुन रणनीति तयार गरिएको छ यो सबै हात्तीको देखाउने दाँत मात्र हो। खासमा नेपाली कांग्रेस आफैँ गोविन्द भट्टराईलाई जिताउन चाहँदैन।

पार्टी भित्रकाहरुका व्यक्तिगत अहंकार र ब्यक्तिगत स्वार्थको लागि यसपालि स्वर्णीम वाग्लेलाई हराउने भन्ने नाउँमा गोविन्द भट्टराईलाई नै बलिको बोको बनाउने तयारी गरेको छर्लङ्ग देखिन्छ । पार्टी भित्रका केही व्यक्तिको इच्छा गोविन्द भट्टराईलाई कसरी जिताउने भन्दा पनि जसरी भए पनि स्वर्णीम वाग्लेलाई हराउने रहेको छ। त्यसको लागि पार्टीले जे पनि गर्न तयार रहेको बुझिन्छ। नेपाली कांग्रेसको यो घृणित राजनितीले कांग्रेसको अस्तित्व नै धरापमा पारेको छ ।
भिरमा जाने गाईलाई (हुनत अहिले काङ्ग्रेस गाई भन्न लायक छैन) राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन।

यो पनि पढ्नुहोसदेउवा-जोशी संवाद: अलमल्याउने रणनीति मात्र: जोशी

म आफैं शेर बहादुर देउवा, गगन थापा, अर्जुनरसिंह केसी, मोहन बस्नेत लगायत थुप्रै केन्द्रीय स्तरका नेता हरु संग यदि पार्टी लाई सही ठाउँमा ल्याउन सकिन्छ भने व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न पर्छ भन्दा भन्दै पनि पार्टी लाई एक ढिक्का बनाउन भन्दा पनि व्यक्तिगत प्रलोभन दिएर फुसलाउने प्रयत्न गरियो। हाम्रो परिवारले संगठनमा बस्दा सङ्गठन फाइदाको लागी मात्र काम गर्यो, व्याक्तिगत स्वार्थ सिद्ध गर्न केही गरिएन र गर्ने पनि छैन।

मलाई दिन दाहाडै गोली हान्नु पर्ने थियो लठ्ठी मात्रै हानेछ भन्ने अपराधी लाई देशको राष्ट्रपति बनाउने नेपाली कांग्रेस पार्टी लाई ठद्ध बर्ष पुग्नु भएको मेरी आमाको आँसुले एकदिन नराम्रो संग पोल्ने छ।

मानवीयता भन्दा ठुलो राजनैतिक विचार हुँदैन। अब फरक ढंगले राजनीति गर्ने बेला आएको छ। राजनैतिक धार जे भए पनी मान्छे लाई चोट दिने हुनु हुदैन, समाजको बेथिती , विसंगति चोट दिने हुनु पर्छ।

हाम्रो लडाइँ सकिएको छैन। हामी सत्य र न्यायका लागि, सामाजिक सम्वृद्धिका लागि लडी नै रहने छौँ र हाम्रो अबको लडाइँ राजनैतीक बिचारधारा भन्दा माथि उठेर, पार्टीको झण्डामा सिमित नभएर देशको लागि हुने छ । किनभने सबैभन्दा ठूलो राष्ट्र र राष्ट्रियता हो भन्ने कुरामा हामीमा न हिजो द्विविधा थियो न आज नै छ।

अत: २०४६ साल पछि कांग्रेसबाट राजनीति गर्ने सबैको सम्पति छानविन गरौँ। कसले कति भ्रष्टाचार गरेको छ त्यो आफैँ प्रष्ट हुन्छ। हामी सँग यस्ता थुप्रै जानकारी छन्।यहाँ धेरै लुकेका र लुकाइएका विषयहरु छन् । अब बिस्तारै बाहिर आउनेछन् किनकी यो जरुरी छ।

यदि तपाइँलाई यो देशको चिन्ता छ भने एक जुट भएर क्रान्ति गर्ने बेला आएको छ। एउटा यस्तो क्रान्ति जसको नेतृत्व परिवर्तनकारीहरुको काँधमा हुनुपर्छ।जसको नेतृत्व सर्व साधारण जनताबाट हुनुपर्छ। अब एउटा यस्तो सरकारको जरुरी छ।

जहाँ जनताले चुनेका खराव व्यक्तिहरुले होइन जनता आफैँले निर्णय गर्ने छन्। निर्णायक भूमिका देखि लिएर निर्माणको भूमिका सम्ममा जनताको हात हुनुपर्छ। न कि जनताको मतको आधारमा आफु मात्रै मोटाउने जुम्राहरुको हातमा। सोचौँ।जागौँ बोलौँ।