• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट ★   ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार ★   व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश ★   तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ: अध्यक्ष नेपाल ★   बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक ★   सरकारले माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरु पुन: आन्दोलनमा ★   सिङ्गापुरका पूर्व प्रधानमन्त्री लीका भाइलाई दुई लाख ९६ हजार डलर जरिवाना ★   जुवाको खालबाट २२ जना पक्राउ ★   उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट ★   काँग्रेसका नेताहरुमाथि लगाइएको आरोपमा छानविन गर्न महामन्त्री शर्माको चुनौती

नेप्सेमा सामान्य अङ्कको सुधार



symbolic picture

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ०२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको २९ लाख ६० हजार आठ सय ६३ कित्ता शेयर ३५ हजार पाँच सय ४९ पटक खरिदबिक्री हुँदा रू ९१ करोड १९ लाख ७६ हजार बराबरको कारोबार भएको छ । आज वित्त समूह एक दशमलव ६३ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ५३ दशमलव ५१ र निर्जीवन बीमा समूहको उपसूचक ३१ दशमलव ०६ अङ्कले बढेको छ ।

त्यस्तै, बैंकिङ समूह चार दशमलव १३, विकास बैंक समूह १८ दशमलव १५, जलविद्युत् समूह पाँच दशमलव ९६, लगानी समूह शून्य दशमलव ०९ र जीवन बीमा समूह १६ दशमलव १६ अंकले बढेको छ । नेप्सेका अनुसार आज उत्पादन तथा प्रशोधन समूह १४ दशमलव १४, लघुवित्त समूह छ दशमलव ६९, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८, अन्य समूह शून्य दशमलव ५४ र व्यापार समूह २६ दशमलव ९२ अङ्कले बढेको छ ।

आज सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट देखिनेमा भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा छ दशमलव ५४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै रू छ करोड ८४ लाख १८ हजार छ सय ४३ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा मिडिल तमोरको दुई लाख छ हजार दुई सय ४७ कित्ता शेयर किनबेच भएको छ ।((