२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा-जोशी संवाद: अलमल्याउने रणनीति मात्र: जोशी



अ+ अ-

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गोविन्दराज जोशी समूहबीच छलफल भएको छ । देउवा निवास धुम्बाराहीमा बिहान ११ बजे सभापति देउवा र जोशी समूहका दीपकराज जोशीबीच छलफल भएको हो ।

वैशाख १० गते तनहुँ–१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्णायक शक्तिका रुपमा रहेको जोशी समूहलाई फकाउन कांग्रेस नेतृत्व क्रियाशील रहेको छ ।

कांग्रेस सभापति देउवसँगको छलफलपछि गोविन्दराज जोशीका छोरा दीपकले न्यूजपोलारसँग भन्नुभयो, “उहाँहरु समस्याको सही निकास खोज्नेभन्दा पनि तत्काललाई फकाईफुल्याई गरेर अल्मल्याउने सुरुमा रहेको देखियो ।”

उहाँका अनुसार २०४६ यता छोडेर गएका सबैलाई कांग्रेसमा ल्याउनुपर्छ र बुबाको पनि पदाधिकारीमा स्थान स्पष्ट हुनुपर्छ । “तर उहाँहरुको इन्ट्रेष्ट चाहिँ चुनावको छेउमा टालटुल गरेर एउटा केही दिउँ भन्ने देखियो । यो कुरा हामीलाई मान्य छैन । उहाँहरू इच्छा यो चुनाव मात्र छ ,कांग्रेसलाई सुदृढीकरण गर्ने इच्छा देखिएन, केबल चुनावी स्वार्थ मात्र देखियो ।”

उहाँले स्थानीय तहको निर्वाचनका बेला आफूमाथि भएको सांघातिक आक्रमणका बारेमा छानबिन हुनुपर्ने, माफी माग्नु पर्ने र दोषीलाई दण्डित गर्नु पर्ने बारेमा पनि कुनै स्पष्ट जवाफ नदिएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बुबा र मेरो विषय मात्र होइन, हाम्रा समूहमा रहेका सबैको उचित व्यवस्थापन हुनुपर्छ, अरुलाई धोका दिएर जाने कुरा सोच्न पनि सकिन्न ।”

यो पनि पढ्नुहोस- पूर्व राजा शाहबाट जोशीको स्वास्थ्यलाभको कामना

जोशीलाई गत वैशाख ३० गते व्यासनगर नगरपालिका–८ रिस्तीमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले आक्रमण गरेका थिए । आक्रमणका परी जोशी गम्भीर घाइते हुनुभएको थियो ।