२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका नेता मुकुन्द न्यौपानेद्वारा पार्टी परित्याग



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै उनले पार्टी त्याग गरेको घोषणा गरेका हुन् ।

‘भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो’ उनले पार्टी परित्याग गरेको घोषणा गर्दै भने । उनले चैत २५ गतेदेखि एसको साधारण सदस्य समेत तथा सम्पूर्ण पार्टी जिम्मेवारी त्यागेको घोषणा गरेको हुन् ।

‘सत्ता गठबन्धनको सिमसार दलदलमा, पार्टी पद्धति र पक्रिया विपरीत दलमा नेताहरु फसे र पार्टीका बेठकमा छलफल, सरसल्लाह नगरी कोठे राजनीतिको चंगुलमा पार्टी नेतृत्व फस्यो’ उनले आरोप लगाए ।