१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शंकर भण्डारी मादी पारी जाँदा टुरिष्ट नहुने, म मर्स्याङ्दी वारी आउँदा टुरिष्ट हुने ?’



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले लोकतन्त्रको वैकल्पिक विश्वसनीय दलको रुपमा रास्वपाको उदय भएको बताएका छन् ।

शुक्रबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले रास्वपा जनताको आकांक्षामा आफ्नो लय मिलाएर अघि बढ्ने बताए ।

फरक प्रसंगमा उनले आफूलाई टुरिस्ट उम्मेदवार भन्ने आरोपबारे आफूले तनहुँको भूगोलको लागि नयाँ नभई विभिन्न सन्दर्भमा आफ्नो यहाँ आउजाउ भइरहेको बताउँदै अहिले झन् नजिकबाट यहाँको समस्या र सम्भावनालाई बुझने अवसर पाएको दाबी गरे ।

उनले प्रश्न गरे ‘तनहुँका प्रदीप पौडेल काठमाडौँबाट चुनाव लड्दा टुरिष्ट नहुने म तनहुँ आउदा कसरी टुरिष्ट भए ? र शंकर भण्डारी चुनाव लड्न मादी पारी जान हुने म मर्स्याङ्दी वारी आएर चुनाव लड्दा टुरिष्ट हुने ?’

तनहुँको सम्भावना र समस्याबारे आफूले यहाँका सरोकारवालहरुसँग छलफल गरी योजना बनाएको बताउँदै कसैलाई आरोप प्रत्यारोप लगाएर भन्दा पनि आफ्ना योजना र एजेण्डासहित जनताको माझमा जाने प्रतिवद्धता व्यक्त गरे ।

यस क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको यहाँ १० बैशाखमा उपनिर्वाचन हुन लागेको हो ।