२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शंकर भण्डारी मादी पारी जाँदा टुरिष्ट नहुने, म मर्स्याङ्दी वारी आउँदा टुरिष्ट हुने ?’



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले लोकतन्त्रको वैकल्पिक विश्वसनीय दलको रुपमा रास्वपाको उदय भएको बताएका छन् ।

शुक्रबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले रास्वपा जनताको आकांक्षामा आफ्नो लय मिलाएर अघि बढ्ने बताए ।

फरक प्रसंगमा उनले आफूलाई टुरिस्ट उम्मेदवार भन्ने आरोपबारे आफूले तनहुँको भूगोलको लागि नयाँ नभई विभिन्न सन्दर्भमा आफ्नो यहाँ आउजाउ भइरहेको बताउँदै अहिले झन् नजिकबाट यहाँको समस्या र सम्भावनालाई बुझने अवसर पाएको दाबी गरे ।

उनले प्रश्न गरे ‘तनहुँका प्रदीप पौडेल काठमाडौँबाट चुनाव लड्दा टुरिष्ट नहुने म तनहुँ आउदा कसरी टुरिष्ट भए ? र शंकर भण्डारी चुनाव लड्न मादी पारी जान हुने म मर्स्याङ्दी वारी आएर चुनाव लड्दा टुरिष्ट हुने ?’

तनहुँको सम्भावना र समस्याबारे आफूले यहाँका सरोकारवालहरुसँग छलफल गरी योजना बनाएको बताउँदै कसैलाई आरोप प्रत्यारोप लगाएर भन्दा पनि आफ्ना योजना र एजेण्डासहित जनताको माझमा जाने प्रतिवद्धता व्यक्त गरे ।

यस क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको यहाँ १० बैशाखमा उपनिर्वाचन हुन लागेको हो ।




भर्खरै