२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दबाबमा रविको राहदानीमा मुद्दा नचल्ने निर्णय गरेको होइन– महान्यायाधिवक्ता पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबावमा नगरेको बताउनुभएको छ ।

आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँ रविको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको बताउनुभयो ।

“रवि लामिछानेको राहदानीसम्बन्धी विषय प्रकियासम्मत रुपमा छानबिन टुंगिएको हो । राजनीतिक सौदावाजी र दबाबमा टुंगिएको हैन” उहाँको कथन थियो ।

महान्यायाधिवक्ता राजनीतिक रुपमा नियुक्त हुने भएकाले राजनीतिक रुपमा टुंग्यायो भन्ने लागेको भए पनि विधि र प्रक्रिया अनुसार मुद्दा नचल्ने निर्णय गरेको गरेको उहाँको भनाइ थियो ।

महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेश गर्न भनिएको र त्यसैअनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको जानकारी दिनुभयो ।

प्रहरी प्रतिवेदनकै आधारमा सरकारी वकिल कार्यालयले रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको र त्यही निर्णय उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिकता पोखरेलले सदर गर्नुभएको थियो ।