४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कृत्रिम फोक्सो राखेर काठमाडौँको वायु प्रदूषण मापन सुरु

वायु प्रदुषण भएका १३१ देशमध्ये नेपाल १६ औँ स्थानमा

कृत्रिम फोक्सो राखेर काठमाडौँको वायु प्रदूषण मापन सुरु
अ+ अ-

काठमाडौँ । काठमाडौँको वायु प्रदूषणको अनुभूत योग्य मापनका लागि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेश द्वारमा एक जोडी कृत्रिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले युयसएआईडी, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो राखेको हो ।

यो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र छ । यो संयन्त्रले फोक्सोलाई मानिसले सास फेरे जस्तै सञ्चालन गर्छ । ३० दिनको अवधिमा वायु प्रदूषणले फोक्सोको रङ्गमा कस्तो प्रभाव पार्छ, यसलाई हेरिनेछ ।

वायु प्रदूषणले मानिसको फोक्सोलाई कसरी हानी गरिरहेको छ भनेर देखाउन र बुझाउन यसबाट मद्दत पुग्नेछ । यसलाई बुझाउन कृत्रिम फोक्सोसँगै काठमाडौँको वायु प्रदूषणको मात्रा देखाइनेछ ।

वातावरण र जनस्वास्थ्यको सुधारका लागि निर्णयकर्तालाई यसले वास्तविक अवस्था देखाउनेछ । वायु प्रदूषणलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति तर्जुमा र कार्यान्वयन प्रक्रियाका लागि यसबाट तथ्य प्राप्त हुनेछ ।

विश्वका १३१ भन्दा धेरै देश वायु प्रदूषणसँग सम्बन्धित समस्यासँग जुधिरहेका छन् । सन् २०२२ मार्च ४ तारिखमा सार्वजनिक भएको स्वीस प्रविधिमा आधारित आइक्यु एअरको अध्ययनले धेरै वायु प्रदूषण हुने देशहरुमा नेपाललाई १६ औँ स्थानमा देखाएको छ ।

नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो । त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौंमा मात्र भएको थियो । नेपालमा हुने मृत्युको ठूलो कारणमध्ये दीर्घकालीन फोक्सोको रोग (सीओपिडी) एक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्६६ प्रतिशत मृत्यु वायु प्रदूषणका कारणले हुन्छ ।

वायु प्रदूषणका लागि व्यक्तिका हरेक क्रियाकलाप जिम्मेवार हुन सक्छन् । उनीहरुका आचरणगत क्रियाकलापका कारण प्रदुषण बढाउन योगदान नगर्नेलाई पनि असर गरिरहेको हुन्छ ।

विश्व अहिले गैर संक्रामण रोगबाट हुने मृत्युको जोखिममा धकेलिँदै गएको छ । यसबेला सहरलाई मानव बसोबास अनुकुल बनाउन वायु प्रदूषण नियन्त्रण साझा मत निर्माण हुनुपर्ने आवश्यकता देखिएको छ ।