• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस

संसद्को १०० दिनको पनि समीक्षा गर्नुपर्छ: माओवादी सांसद दाहाल



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसद्को १०० दिनको समीक्षा गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उहाँले सदनमा सरकारको सय दिनको समीक्षा भए पनि संसद्को समय दिनको समीक्षा हुन नसकेको बताउनुभयो ।

सांसदहरु संसद् भवनमा पसेको सय दिन भएको भन्दै उहाँले यसको पनि समीक्षा हुनुपर्ने बताउनुभयो ।
सरकार निर्माण भएको सय दिनको समीक्षा सदनमा भइरहेको उल्लेख गर्दै सांसद दाहालले भन्नुभयो, “सरकारको समीक्षा गर्दा माननीयज्यूहरुलाई मेरो आग्रह छ, पुरानो जगमा उभिएर नयाँ वस्तु देख्न सकिन्न । हामीले अब सत्यको जगमा उभिएर आलोचना र टिप्पणी गर्नुपर्छ ।”

सय दिनमा सरकारले सकारात्मक सन्देश दिएको उहाँको भनाइ थियो । “पासपोर्टको लाइन बस्नुपर्ने युवाहरुलाई गएर सोध्न सक्नुहुन्छ । वैदेशिक रोजगारमा गएका युवाहरु सामाजिक सुरक्षामा जोडिएका छन् । साना साना कुराहरु जनताको दैनिकी समस्याहरु समाधानमा केन्द्रित भएको छ”, उहाँले भन्नुभयो ।

आर्थिक सुचकांकमा सुधार देखिएको, रासायनिक मल समयमै ल्याउने गरी टेण्डर भएको उहाँले बताउनुभयो ।