• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

मोरङको एउटै परीक्षा केन्द्रबाट ५२ जना नक्कली एसईई परीक्षार्थी पक्राउ



फाईल फोटो

विराटनगर । मोरङमा एउटै परीक्षा केन्द्रबाट एसईई दिईरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिंदै गरेका ५२ जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

बुधबार प्रहरीले सोही परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीको आशंकामा एक जनालाई पक्राउ गरेको थियो । एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको जिप्रका मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।

पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका बताइएको छ । सो बारे अनुसन्धान भईरहेको दाहालले बताए ।