६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

विगतको सम्मान र प्रतिस्पर्धामा विद्यार्थीदेखि वृद्धहरू उत्रिए

विगतको सम्मान र प्रतिस्पर्धामा विद्यार्थीदेखि वृद्धहरू उत्रिए
अ+ अ-

ताप्लेजुङ । एसइई परीक्षाअन्तरगत बुधबार भएको अनिवार्य विज्ञान विषयको परीक्षा सकेर फुङलिङ नगरपालिका–९ हाङ्देवाका दीपक लाबुङ डोको बुन्ने प्रतियोगितामा सहभागी हुन हातमा चोया बोकेर हतार–हतार प्रतियोगिता स्थलमा आइपुग्नुभयो ।

उमेरले १५ वर्ष पुग्नुभएका दीपकसँगै फुङलिङ–७ का ७६ वर्षीय धनबहादुर सुनुवार आमनेसामने बसेर डोको बुनिरहेको देख्दा हेर्ने दर्शकलाई निक्कै रोचक लागिरहेको थियो ।

पछिल्लो समय चोयाबाट डोको, डालो बुन्ने चलन हराउँदै गइरहेकाबेला १५ वर्षीय दीपक र नजिकै बसेर ७६ वर्षीय धनबहादुरले हतार हतार गर्दै चिटिक्क पारेर डोको बुन्दै गरेको देख्दा यताउता उभिएका दर्शकलाई तस्बिर कैद गर्न भ्याइनभ्याइ जस्तै देखिन्थ्यो । दीपकले डोको मात्रै नभई चोयाको डालो, नाङ्लोसमेत बुन्ने गर्नुहुन्छ । “घरमा बुबाले कहिलेकाहीँ सिकाउनुहुन्छ, चोया आफैँ निकालेर डोको, डालो, नाङ्लो पनि बुन्न सक्छु”, दीपकले भन्नुभयो । सदरमुकामस्थित भानुजन माद्यमिक विद्यालयमा अध्ययनरत दीपकले यो वर्ष एसइई परीक्षा दिइरहनुभएको छ । उहाँ गत वर्ष फुङलिङमै आयोजना भएको डोको बुन्ने प्रतियोगितामा पनि सहभागी हुनुभएको थियो ।

घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले आयोजना गरेको औद्योगिक कृषि तथा पर्यटन मेलामा आयोजित उक्त प्रतियोगितामा विभिन्न उमेर समूहका ३८ जना प्रतियोगी सहभागी थिए । चोया, खुकुरी र कर्द साथमा लिएर दिउँसोको चर्को घाममा हतार हतारमा डोको बुनिरहेको दृश्य साँच्चिकै रोचक थियो । यो वर्ष केही युवाको समेत उत्साहजनक सहभागिता रहेको पाइएको छ ।

परम्परागत सीपलाई पुस्तान्तरण गर्ने साथै आधुनिकताले हराउँदै गएका मौलिक वस्तुको उत्पादन र प्रयोग बढाउँदै लैजाने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक सहभागिताले आयोजक मात्रै नभई विभिन्न क्षेत्रबाट मेला हेर्न आएकाहरू पनि खुसी देखिएका थिए । “हामीले गत वर्ष आयोजित औद्योगिक मेलामा समेत यो प्रतियोगिता राखेका थियौँ, परम्परागत सीप, मौलिक वस्तुको संरक्षणसँगै सर्वसाधारणको आयआर्जन र पर्यटन प्रवर्द्धनमा यसले टेवा पुग्ने देखियो, यो वर्ष थप उत्साहजनक सहभागिता बढेको छ”, घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका सचिव हर्कराज गुरुङले भन्नुभयो ।

यता प्रतियोगितामा सामेल हुनुभएका फुङलिङका कालीबहादुर गुरुङले परम्परागत सीप र उत्पादनलाई प्रतियोगितामा मात्र सीमित नगराई सीप विकास र प्रयोगमा वृद्धि गर्नेतर्फ सरोकारवालाले ध्यान दिन आवश्यक भएको बताउनुभयो । “मैले करिब डोको बुन्ने पेशा २०४६ सालदेखि सुरु गरेको हो, पहिले पहिले चोयाको डोको, डालो, नाङ्लोलगायतका सामान धेरै प्रयोग हुन्थे, व्यवसायीलाई पनि फाइदा हुन्थ्यो, आजकल बजारमा रबरबाट बनेका सामान आउन थाले, मान्छेले चोयाको डोको, डालो, थुन्से, नाङ्लो बिर्सिए, अब यी पुराना वस्तुको पुनरउत्थान गर्न सरकारले चासो दिनुपर्छ”, गुरुङले भन्नुभयो । स्थानीय कच्चा पदार्थबाट बनेका सामान प्रयोग हुँदा रोजगार सृजना हुने, मुद्रा बाहिर नजाने, कच्चा पदार्थ खेर नजाने जस्ता फाइदाजनक कुरालाई सरोकारवाला निकायले बुझ्न जरुरी भएको गुरुङको भनाइ छ ।

मालिङ्गो, बाँस वा निगालोबाट बनाइने डोको भारीका बोक्नलाई प्रयोग हुने एक प्रकारको सोली आकारको साधन हो । प्राय ग्रामीण क्षेत्रमा घाँस, दाउरा, पानीको गाग्रीलगायतका सामान बोक्न परम्परादेखि प्रयोग हुँदै आएको डोको आजकल लोप हुँदै गएको पाइन्छ । डोको मात्रै नभई आधुनिकतासँगै चोयाबाट तयार हुने डालो, थुन्से, भकारी, घुमजस्ता वस्तुको प्रयोग गर्ने चलन धेरै न्यून हुँदै गएको छ । बुन्ने र प्रयोग गर्ने चलन हराउँदै गएपछि डोको, डालो, नाम्लो, थुन्से र घुम जस्ता चोयाका सामाग्री सङ्ग्रहालयतिर देख्न थालिएको छ ।

आधुनिक वस्तुको प्रयोगले केही सहजता हुने भए पनि परम्परागत सीप र उत्पादनहरूको पुनरउत्थानले पर्यावरणीय दिगोपन र आयआर्जनका अवसरहरू सृजना हुने सरोकारवालाले बताएका छन् । “प्राकृतिक सामग्री र परम्परागत विधि अपनाएर गरिएका उत्पादन दिगो र जीवन उपयोगी हुन्छ, परम्परागत वस्तुको व्यावसायिक उत्पादनले नागरिकको आयआर्जनमा पनि सघाउ पुग्छ, त्यसैले यसतर्फ सबै तहका सरकारले ध्यान दिन आवश्यक छ”, फुङलिङका उद्यमीीिभम गुरुङले भन्नुभयो । वातावरणको संरक्षण र आर्थिक अवसर सृजना गर्न परम्परागत उत्पादनको पुनरउत्थानले मद्दत पुग्ने उहाँको विश्वास छ ।

युवा पुस्तामा चोयाजन्य डोकोलगायतका सामान तयार गर्ने सीप र क्षमताको विकास हुन सके बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य हुने स्थानीयवासीले बताएकाछन् । उनीहरूलाई आत्मनिर्भर बनाउन परम्परागत वस्तुको उत्पादनले सहयोग पुग्ने र आर्थिक विकासमा समेत टेवा पुग्ने व्यवसायी रमेश गुरुङले बताउनुभयो । यस्तै परम्परागत सीप र उत्पादनले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने उहाँको विश्वास छ । आधुनिक युगमा मानिसले परम्परागत उत्पादन र वस्तुको खोजी गर्ने गरे पनि यसको उत्पादन नहुँदा भने आधुनिक वस्तुको प्रयोग बढेको स्थानीयवासीले बताएका छन् । रासस