४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

एकै वर्षमा २३ किलोमिटर कालोपत्र

एकै वर्षमा २३ किलोमिटर कालोपत्र
सांकेतिक तस्बिर
अ+ अ-

भरतपुर । चितवनको कालिका नगरपालिकाले एक वर्षमा २३ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगरका अधिकांश मुख्य सडक कालोपत्रे गरेको हो । नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर राजेश कोइरालाका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा २९ वटा सडक निर्माणको क्रममा रहेका छन् । यी सबै योजना रु २० लाखभन्दा माथिका रहेको उहाँले बताउनुभयो । तीन सडकको निर्माण सम्पन्न भइसकेको छ भने अन्य निर्माणको चरणमा छन् । नगरपालिकाले रु १३ करोड ९६ लाख सडक निर्माणका लागिमात्र विनियोजन गरेको छ ।

कोरोना र बर्सातको पानीले निर्माणको काम प्रभावित भए पनि समयमै गुणस्तरीय काम सम्पन्न गर्ने गरी काम भइरहेको कोइरालाले बताउनुभयो ।

नगर प्रमुख खुमनारायण श्रेष्ठले नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म नगर प्रमुखमा निर्वाचित हुनुभन्दा अगाडि नगरपालिकामा तीन किलोमिटर मात्र भत्केको कालोपत्रे थियो । अहिले कति काम भएको छ । एक पटक नगरपालिका घुम्ने जो कोहीले पनि थाहा पाउँछ ।”

जनप्रतिनिधि आएपछि नगरपालिकामा सडक कालो पत्रेमा कायापलट नै भएको हो । नगर प्रमुख श्रेष्ठले नगरपालिकाका वडा नं १० र ११ का मुख्य सडक कालोपत्र हुन बाँकी रहेको र यसै वर्ष काम सम्पन्न गरिने बताउनुभयो ।