१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध हो: रविन्द्र मिश्र

शिक्षाको राजनीतिकरण गर्नु जघन्य अपराध हो: रविन्द्र मिश्र
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरुलाई राजनीति गर्नबाट रोक्न नसके देश रुपान्तरणको सम्भव नरहेको दाबी गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारी तलव खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरु नेपालबाहेक कुनैपनि देशमा नरहेको बताउनु भयो ।

उहाँले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पार्नुभयो । वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरुले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताउनु भयो । उहाँले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो । उहाँले शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसारमा कुनैपनि यस्तो देश छैन, जहाँ सरकारी तलव खाएर, एउटा सरकारी कार्यालयमा सात वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको स्थिति कतै पनि छैन । हामी जस्तोसुकै कानून लिएर आउँ, त्यो कानूनले नै सार्वजनिक विद्यालयका शिक्षकहरुलाई, सरकारी तलव खाने शिक्षकहरुलाई हामीले राजनीतिबाट रोक्न सकेनौँ भने यो देशमा तपाईंले मरिमेट्नुस् यो देशको रुपान्तरण सम्भव छैन । हामी सार्वजनिक शिक्षा सुधारको कुरा गर्छौं, तर हाम्रा छोराछोरीलाई सार्वजनिक विद्यालयमा राख्दैनौँ, यो देशमा सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरुले सके भने आफ्ना छोराछोरीहरुलाई (अपवादलाई छोडेर) सार्वजनिक स्कुलमा पढाउनुहुन्न ।

किनभने हामी हाम्रा छोराछोरीको भविष्यमा खतरा मोल्न सक्दैनौँ । यो देशका बुर्जुवा शिक्षा भनेर धेरै हामीले भाषण सुन्यौँ । त्यो शिक्षा प्रणालीबाट देशको रुपान्तरण हुँदैन भनेर आउनुभएका नेताहरु आज आफ्ना छोराछोरी निजी स्कुलमा पढाउनुहुन्छ, यो पीडाको विषय हो । कम से कम विद्यालय, विश्वविद्यालयमा राजनीति नगरौँ, देशको रुपान्तरण हुनै सक्दैन । निजी बिजनेस गर्न दक्ष जनशक्ति चाहिने अनि देशको विकास गर्न दक्ष जनशक्ति नचाहिने ? देशमा स्कुलको विद्यार्थीलाई राप्रपा बनाएको छ, काँग्रेस बनाएको छ, कम्युनिष्ट बनाएको, प्राध्यापकलाई त्यही छ, उनीहरुले कम्युनिष्ट हुन् की काँग्रेस कम्युनिष्ट राप्रपा ? यो जसलाई म शिक्षाको राजनीतिककरणलाई जघन्य अपराध भन्छु ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताउनु भयो ।