३० असार २०८२, सोमबार
,
Latest
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु संघीय मन्त्रालयले गर्‍यो ११ उपसचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित) मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा माडीमा रेबिजको सङ्क्रमण बढ्दो बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठकः मिटरब्याज पीडितको समस्या समाधानका लागि तीन सदस्यीय छानबीन समिति गठन



अ+ अ-

काठमाडौँ । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तीन सदस्यीय छानबीन समिति गठन गरेको छ ।

सोमबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहनु भएको  छानवीन समिति गठन गरेको हो ।

समितिलाई मिटरब्याज पीडितहरुको समस्या समाधान हुने गरी ठोस र व्यवहारिक प्रतिवेदन तयार पार्नका लागि ३ महिनाको समय दिइएको पनि नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो । बैठकले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गठित उच्चस्तरीय आयोगको कार्यालय मधेश प्रदेशको राजधानी जनकपुरमै राख्ने निर्णय पनि गरेको छ ।

मिटरब्याज पीडितहरुलाई आफ्नो समस्या राख्न सहज हुने भएकाले सरकारले सो निर्णय पनि गरेको मन्त्री शर्माले बताउनु भयो । उहाँले भन्नु भयो, ‘हाम्रो देशमा गम्भिर समस्याको रुपमा देखा परेको मिटरब्याज पीडितहरुको समस्या त्यो विषयमा एउटा छानवीन गर्न समिति बनेको छ । पूर्व न्यायाधिश गौरीबहादुर कार्कीको नेतृत्वमा पूर्व एआईजी उत्तमबहादुर सुवेदी, गणेशबाबु अर्याल रहेको तीन सदस्यीय समिति बनेको छ ।

यो एउटा महत्वपूर्ण निर्णय छ भने अर्को गृह मन्त्रालय अन्तरगत शान्ति सुरक्षासम्बन्धि जुन खर्च हुन्थ्यो । गृहमन्त्री र गृह सचिवले हिसावकिताव देखाउन नपर्ने गरेर जासुरी परिचालनका लागि खर्च गर्ने जुन हाम्रो कार्यविधि थियो । त्यो कार्यविधि खारेज गरिएको छ । सो समितिलाई ३ महिनाको समय दिइएको छ । र, यसको कार्य क्षेत्राधिकार चाँही यसलाई लामो गर्ने भन्दा पनि ठोस र मूर्त रुपमा मिटर ब्याज पीडितहरु कहाँकहाँ, कसरी ठगिएका छन् । त्यसमा एकीन समस्या के छ भनेर एकदमै एक्सनमा जाने गरेर तत्काल रिर्पोट ल्याउने गरेर सो समय दिइएको छ ।

ठोस र व्यवहारिक पाटोबाट यसलाई रिर्पोट ल्याउने कार्यादेश दिइएको छ । र, यसको मुख्यालय जनकपुरमै राख्ने भनिएको छ । फिल्डमै गएर समस्या समाधान गर्न आयोग नै बनिसकेको हुनाले यसका लागि अव काठमाडौं आईराख्न पर्दैन । आयोग जनकपुरमै रहने हुनाले त्यहीबाट यसको समाधान खोज्छ । काठमाडौं आउने दुःख नगर्न पनि पीडितहरुर्लाइ पनि आग्रह छ ।’

त्यसैगरी मन्त्रिपरिषद् बैठकले गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि पनि खारेज गरेको छ । गृहमन्त्री र गृहसचिवले आफूखुसी खर्च गर्न पाउने गरी बनेको सो कार्यविधि खारेज गर्ने निर्णय गरिएको पनि मन्त्री शर्माले बताउनु भयो ।