३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक महिला फुटबल छनोट खेल्न काठमाडौँ आइपुग्यो भियतनाम टोली



अ+ अ-

काठमाडौँ । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ग्रिष्मकालीन ओलम्पिकका लागि एसियन छनोटको पहिलो चरण खेल्न भियतनामको महिला टोली सोमबार काठमाडौँ आइपुगेको छ ।

भियातनाम र नेपालले २२ चैत र २५ चैतमा दुई खेल खेल्नेछन् । यो खेलको विजेता ओलम्पिकका लागि एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र छनोट खेल्ने भएको हो । छनोटमा नेपाल समूह सी मा रहेको थियो ।

नेपाल सम्मिलित समूहमा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका थियो । तर, यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएका हुन् ।

एन्फाले दुई खेलका टिकट दर पनि तोकेको छ । सामान्यतर्फ ३ सय र भीआईपीतर्फ १ हजार टिकट दर तोकिएको छ ।