२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश खरेलद्वारा उम्मेदवारी दर्ता



अ+ अ-

कलैया । प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गत मंसिर ४ गते सम्पन्न उक्त क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको थियो । तर उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

उक्त क्षेत्रबाट जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदै छ । उहाँलाई नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को साथ छ ।

सो निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) ले पुरुषोत्त पौडेललाई उठाउने निर्णय गरेको छ । त्यसैगरी नेकपा ९माओवादी केन्द्र० परित्याग गरी जनमत पार्टी प्रवेश गरेका शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीबाट उठ्दैछन् ।

अहिलेसम्म स्वतन्त्र उम्मेदवारहरु विनोदकुमार कर्ण, ध्रवलाल हजरा, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले मनोनयन पत्र दर्ता गराइसकेका छन् ।