• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ? ★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ★   हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो ★   आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

तनहुँ र चितवन उपनिर्वाचनमा कांग्रेसले दुई महामन्त्री खटायो



काठमाडौँ । आगामी वैशाख १० गते तनहुँ–१ र चितवन–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसले दुई महामन्त्रीलाई खटाएको छ ।

तनहुँ १ मा महामन्त्री गगन थापा र चितवन २ मा विश्वप्रकाश शर्माले समन्वयको जिम्मा पाएको बताइएको छ । उहाँहरु सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागी हुने र मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ । उपनिर्वाचन हुने अर्को क्षेत्र बारा२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।