२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक सिन्डीकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प छैन: रमेश खरेल



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका रमेश खरेलले राजनीतिक सिन्डीकेटतन्त्रको बिरुद्धमा सबै एक हुनुको विकल्प नरहेको बताउनुभएको छ ।

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरु एक ठाउँमा उभिनुपरेको बताउनुभएको हो ।

उहाँले देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल नगर्ने बताउनु भयो । उहाँले आफूहरुमा अल्मलिने छुट नरहेको जिकिर गर्नुभयो । उहाँले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशमा सुशासन नभएसम्म हामी अलमलिरहन्छौँ । तर अब हामीसँग अल्मलिने छुट छैन । हामी अल्मलिनु हुँदैन । हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ । देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ । हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ । हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चत कसैको छैन ।’

नेता खरेलले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।