२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अप्रिल १ को इतिहास: मूर्ख बनाउने दिवस कहाँबाट सुरु भयो ?



अ+ अ-

अप्रिल फूल (मूर्ख) दिवस हरेक वर्ष अप्रिलको पहिलो मिति (१ अप्रिल) मा मनाइन्छ। यस दिन बालबालिका होस् वा वृद्ध सबै एकअर्कालाई मूर्ख बनाउने खेलमा सक्रियतापूर्वक सहभागी हुन्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त के छ भने मूर्ख बनेर पनि कोही रिसाउँदैन, बरु आफैँ त्यो खेलमा संलग्न हुन्छन्।

यो दिनको बारेमा तपाईंले धेरै कथा सुन्नु भएको होला। तर, अप्रिल फूल कहाँ र कसरी मनाउन थालियो भन्ने कुरा थोरैलाई थाहा होला । यहाँ हामी तपाईंलाई यससँग सम्बन्धित केही मान्यता बताइरहेका छौँ।

सन् १३८१ देखि यो दिवस मनाउन सुरु भएको बताइएको छ । वास्तवमा इङ्गल्याण्डका राजा रिचर्ड द्वितीय र बोहेमियाको एनीले विवाहको घोषणा गरेका थिए। इन्गेजमेन्टको मिति मार्च ३२ मा राखिएको थियो ।

मानिसहरूले उत्सव मनाउन थाले। तर जब मानिसहरूले उत्सव मनाउन फुर्सद पाए, क्यालेन्डरमा ३२ मार्च भन्ने मिति छैन भन्ने बुझे, तब उनीहरूले बुझे कि उनीहरु मूर्ख बनेका छन्। त्यसयता अप्रिल फूल दिवस मनाइँदै आएको छ । तर यसको लागि कुनै ठोस प्रमाण छैन।

यस दिनसँग अर्को मान्यता पनि जोडिएको छ । सन् १५८२ मा चार्ल्स पोपले फ्रान्सको पुरानो क्यालेन्डर परिवर्तन गरेका थिए । यसको स्थानमा नयाँ रोमन क्यालेन्डर सुरु भयो। यति हुँदाहुँदै पनि धेरैले पुरानो क्यालेन्डरलाई निरन्तरता दिए । त्यसपछि त्यहाँ पनि अप्रिल फूल दिवस मनाउन थालियो ।

त्यस्तै सन् १५०८ मा एक फ्रान्सेली कविले पोइजन डि एभिरल (अप्रिल फूल) को सन्दर्भ दिएका थिए। सन् १५३९ मा फ्लेमिश कवि ‘डे डेने’ ले एक धनी व्यक्तिको बारेमा लेखे जसले १ अप्रिलमा आफ्ना नोकरहरूलाई मूर्ख काममा पठायो। यस्ता धेरै कथाहरू पनि प्रचलित छन्।

अप्रिल फूलका कथाहरू जस्तै यसलाई मनाउने तरिकाहरू पनि धेरै फरक छन्। फ्रान्स, इटाली र बेल्जियममा कागजको माछा बनाएर मानिसको पछाडि टाँसेर मजाक गरिन्छ ।

इरानीहरूले पर्शियन नयाँ वर्षको १३औँ दिनमा एकअर्कालाई गाली गर्छन्, जुन कि अप्रिल १ वा २ हो। डेनमार्कमा यो मे १ मा मनाइन्छ र यसलाई मज–कट भनिन्छ। त्यस्तै स्पेनी भाषा बोल्ने देशहरूमा, अप्रिल फूल २८ डिसेम्बरमा मनाइन्छ, जसलाई होली इनोसेन्ट्सको दिन भनिन्छ।