१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजश्व र कर संकलनका लागि सरकारले करकाप गर्दैन: अर्थमन्त्री महत



अ+ अ-

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ ।

शुक्रबार पद तथा गोपनियताको शपथ पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । उहाँले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताउदै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताउनु भयो ।

अर्थमन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने , लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताउनुभयो । उहाँले राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने पनि जानकारी गराउनु भयो ।