• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त ★   मधेशका मुख्यमन्त्री यादवले गरे मन्त्रीपरिषद् बिस्तार ★   कोशी प्रदेश सभामा संकल्प प्रस्ताव टेबलः मागियो मुख्यमन्त्रीको राजीनामा ★   अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैनः अनमोल… ★   अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा ★   रामहरि श्रेष्ठको हत्या प्रकरण: खाम पक्राउ परेपछि थ्रेट आयो-रमिला श्रेष्ठ ★   सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीले गरे दाबी पेश ★   पीडित श्रेष्ठ परिवारसँग भेटेपछि गृहमन्त्रीले भनेः व्यक्ति नभई मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु ★   सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग ★   नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण

अमेरिकी जनतालाई एक पटक नेपाल भ्रमणमा जान महावाणिज्य दुतावासको आग्रह



न्यूयोर्क । नेपालमाभित्र्याउने पहल स्वरुप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ । आफूलाई नेपालमा पुन: कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा विहिबार नेपाली महावाणिज्य दुतावासले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा दुई देश बीचको पारस्परिक सम्बन्ध, जनसम्पर्क, सद्भाव र पर्यटनका विषयमा चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताहरुले नेपालमा पर्यटनको सम्भावना र यसका चुनौतिहरुका बारेमा धारणा राखेका थिए ।

नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरु बारे निर्माण गरिएको वृत्तचित्रबाट सुरु भएको कार्यक्रममा कार्यवहाक महावाणिज्य दुत विष्णु प्रसाद गौतमले नेपालको पर्यटन सम्भाव्यता भित्रको पुनर्कल्पनाको अवधारणा र यसले व्यक्तिगत वृद्धि, सामुदायिक सशक्तीकरण र पर्यटन व्यवसायको पुन:प्राप्तिमा गरेको योगदानबारे प्रष्ट पार्नुभएको थियो । त्यस्तै प्यासिफिक एसिया ट्राभल एसोसिएसनका न्यूयोर्क च्याप्टनर अध्यक्ष जोबर्ट ओपुलेन्सियाले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदा असाधारण, सुन्दर एवं नेपालीको मन निकै न्यानो भएकोले नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा सूचीकृत गर्न ट्राभल तथा टुर अपरेटरहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै युएस स्टेट डिपार्टमेन्ट अफिस अफ फरेन मिसनका न्यूयोर्क क्षेत्रीय निर्देशक अलेक्ज्याण्डर के. हार्डिनले अमेरिका–नेपाल सम्बन्ध, बढ्दो सामुदायिक र दुई देशबीचको सांस्कृतिक सम्बन्धका बारेमा चर्चा गर्दै नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरिरहने आश्वासन दिनुभयो ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि अमृतबहादुर राईले मनोरञ्जन र साहसिक कार्यका साथै सांस्कृतिक, आध्यात्मिक शिक्षा एवं योगको माध्यमबाट व्यक्तिगत र व्यावसायिक विकासका लागि नेपाल अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्न सक्ने सम्भावना रहेको बताउनु भयो ।

मुख्य वक्ता भेनेसा ओब्रायनले नेपाल भ्रमणका क्रममा प्राप्त अनुभव एवं अविस्मरणिय सम्झनाहरु सुनाउँदै उचाइमा पुग्ने, चेतनाको माध्यमबाट साहस खोज्ने र मानवीय क्षमताका सीमाहरू खोज्नेहरूका लागि नेपाल नै अन्तिम गन्तव्य भएको बताउनु भयो । त्यस्तै लेखक तथा ट्रेकर डा. सेथ सिक्रोफले एडमन्ड हिलारी र तेन्जिङ नोर्गेद्वारा सगरमाथाको पहिलो सफल आरोहणबाट नै नेपालको चर्चा चुलिएको बताउँदै पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताउनु भयो ।

कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष, अधिवक्ता खगेन्द्र जीसीले कला र संस्कृतिको प्रवद्र्धन एवं व्यक्ति–व्यक्ति बीचको सम्पर्कले नेपालको पर्यटनमा थप टेवा पुग्ने बताउनु भयो । त्यस्ते टर्किस एयरलाइन्सको न्यूयोर्कस्थित क्षेत्रीय मार्केटिङ प्रबन्धक अल्प ओजामानले टर्किस एयरलाइन्सले अमेरिका र नेपाललाई प्रत्यक्ष जोडेर नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याइरहेको भन्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि थप कदम चाल्न तयार रहेको बताउनु भयो ।

कार्यवहाक महावाणिज्य दुत गौतमले नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै एक पटक नेपाल भ्रमणका लागि अमेरिकी जनतालाई आग्रह गर्नु भयो । उहाँले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा महावाणिज्य दूतावासका अधिकारीहरु, पाटा–न्यूयोर्क च्याप्टरका अधिकारीहरु, सञ्चारकर्मी, ट्राभल एण्ड टुर बिजनेस एक्जिक्युटिभहरुको उपस्थिति रहेको थियो ।

प्यासिफिक एशिया टभल एशोसियसनसंगको सहकार्य एवं क्षेत्री एण्ड एशोसियट्स पीसीको सहयोगमा महावाणिज्य दुतावासले कार्यक्रम गरेको हो ।