१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

अमेरिकी जनतालाई एक पटक नेपाल भ्रमणमा जान महावाणिज्य दुतावासको आग्रह

अमेरिकी जनतालाई एक पटक नेपाल भ्रमणमा जान महावाणिज्य दुतावासको आग्रह
अ अ+ अ-

न्यूयोर्क । नेपालमाभित्र्याउने पहल स्वरुप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ । आफूलाई नेपालमा पुन: कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा विहिबार नेपाली महावाणिज्य दुतावासले अन्तरक्रिया कार्यक्रम गरेको हो ।

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा दुई देश बीचको पारस्परिक सम्बन्ध, जनसम्पर्क, सद्भाव र पर्यटनका विषयमा चर्चा गरिएको थियो । कार्यक्रमका वक्ताहरुले नेपालमा पर्यटनको सम्भावना र यसका चुनौतिहरुका बारेमा धारणा राखेका थिए ।

नेपालका विभिन्न पर्यटकीय क्षेत्रहरु बारे निर्माण गरिएको वृत्तचित्रबाट सुरु भएको कार्यक्रममा कार्यवहाक महावाणिज्य दुत विष्णु प्रसाद गौतमले नेपालको पर्यटन सम्भाव्यता भित्रको पुनर्कल्पनाको अवधारणा र यसले व्यक्तिगत वृद्धि, सामुदायिक सशक्तीकरण र पर्यटन व्यवसायको पुन:प्राप्तिमा गरेको योगदानबारे प्रष्ट पार्नुभएको थियो । त्यस्तै प्यासिफिक एसिया ट्राभल एसोसिएसनका न्यूयोर्क च्याप्टनर अध्यक्ष जोबर्ट ओपुलेन्सियाले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदा असाधारण, सुन्दर एवं नेपालीको मन निकै न्यानो भएकोले नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा सूचीकृत गर्न ट्राभल तथा टुर अपरेटरहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै युएस स्टेट डिपार्टमेन्ट अफिस अफ फरेन मिसनका न्यूयोर्क क्षेत्रीय निर्देशक अलेक्ज्याण्डर के. हार्डिनले अमेरिका–नेपाल सम्बन्ध, बढ्दो सामुदायिक र दुई देशबीचको सांस्कृतिक सम्बन्धका बारेमा चर्चा गर्दै नेपाललाई अमेरिकाले निरन्तर सहयोग गरिरहने आश्वासन दिनुभयो ।

न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि अमृतबहादुर राईले मनोरञ्जन र साहसिक कार्यका साथै सांस्कृतिक, आध्यात्मिक शिक्षा एवं योगको माध्यमबाट व्यक्तिगत र व्यावसायिक विकासका लागि नेपाल अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बन्न सक्ने सम्भावना रहेको बताउनु भयो ।

मुख्य वक्ता भेनेसा ओब्रायनले नेपाल भ्रमणका क्रममा प्राप्त अनुभव एवं अविस्मरणिय सम्झनाहरु सुनाउँदै उचाइमा पुग्ने, चेतनाको माध्यमबाट साहस खोज्ने र मानवीय क्षमताका सीमाहरू खोज्नेहरूका लागि नेपाल नै अन्तिम गन्तव्य भएको बताउनु भयो । त्यस्तै लेखक तथा ट्रेकर डा. सेथ सिक्रोफले एडमन्ड हिलारी र तेन्जिङ नोर्गेद्वारा सगरमाथाको पहिलो सफल आरोहणबाट नै नेपालको चर्चा चुलिएको बताउँदै पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताउनु भयो ।

कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा सोसलिस्ट इन्टरनेशनलका उपाध्यक्ष, अधिवक्ता खगेन्द्र जीसीले कला र संस्कृतिको प्रवद्र्धन एवं व्यक्ति–व्यक्ति बीचको सम्पर्कले नेपालको पर्यटनमा थप टेवा पुग्ने बताउनु भयो । त्यस्ते टर्किस एयरलाइन्सको न्यूयोर्कस्थित क्षेत्रीय मार्केटिङ प्रबन्धक अल्प ओजामानले टर्किस एयरलाइन्सले अमेरिका र नेपाललाई प्रत्यक्ष जोडेर नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याइरहेको भन्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि थप कदम चाल्न तयार रहेको बताउनु भयो ।

कार्यवहाक महावाणिज्य दुत गौतमले नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको भन्दै एक पटक नेपाल भ्रमणका लागि अमेरिकी जनतालाई आग्रह गर्नु भयो । उहाँले पर्यटकका लागि नेपाल सुरक्षित गन्तव्य भएको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा महावाणिज्य दूतावासका अधिकारीहरु, पाटा–न्यूयोर्क च्याप्टरका अधिकारीहरु, सञ्चारकर्मी, ट्राभल एण्ड टुर बिजनेस एक्जिक्युटिभहरुको उपस्थिति रहेको थियो ।

प्यासिफिक एशिया टभल एशोसियसनसंगको सहकार्य एवं क्षेत्री एण्ड एशोसियट्स पीसीको सहयोगमा महावाणिज्य दुतावासले कार्यक्रम गरेको हो ।